सिड फाइनान्सियल एकेडेमीका छात्र, सराेज दंगाल सम्मानित

ज्ञानमाण्डू।गत डिसेम्बर २०१९ मा सम्पन्न एसीसीएको Audit and Assurance (AA) परीक्षामा विश्वव्यापी उच्च अंक ल्याउन सफल सिड फाइनान्सियल एकेडेमीमा अध्ययनरत सरोज दंगाल सम्मानित भएका छन् । उनले Audit and Assurance (AA) पूर्णाअंक १०० रहेकाे परीक्षामा ९२ अंक ल्याएका थिए ।

सिड फाइनान्सियल एकेडेमीले जारी गरेको एक प्रेस विज्ञप्ति अनुसार २० जनवरीमा आयोजित बिशेष समारोहमा दंगाललाई उनको उपलब्धिका लागि सिड फाइनान्सियल एकेडेमीका संचालक द्वय संजय प्रधान र अनन्त गौतमले २० हजार रुपैयाँ र पूरा छात्रवृत्ति प्रदान गरी सम्मानित गरेको कुरा उल्लेख गरिएकाे छ।

समारोहमा बोल्दै सिडका संचालक तथा Audit and Assurance (AA)का प्राध्यापक प्रधानले "यो नेपालका सबै ACCA सरोकारवालाहरुका लागि उल्लेखनीय उपलब्धी हो। यो अझ
उल्लेखनीय छ किनकि Audit and Assurance (AA) ACCA योग्यताको सबैभन्दा कठिन विषय हो जहाँ लेखन र लागू गर्ने सीपहरू ठिक र निर्देशित हुनु आवश्यक छ। अंग्रेजी मातृभाषा नभएका र विकासशील देशबाट यस्तो उपलब्धि हासिल गर्दा नेपाल र नेपाल जस्तै देशहरूमा ACCA पढ्ने सबै विद्यार्थीहरूको लागि यो प्रेरणाकाे उदाहरण बनेकाे छ ।"

असोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) (ACCA) व्यावसायिक योग्यता हो जसले विद्यार्थीहरूलाई लेखा, वित्त र व्यवसायीक क्यारियरका लागि तयार गर्दछ। एसीसीए सब भन्दा द्रुत बृद्धि भइरहेको प्रोफेशनल एकाउन्टेन्सी निकाय हो जसले चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट योग्यता प्रदान गर्दछ र यसको मान्यता १७९ भन्दा बढी देशहरूमा ४८०,००० भन्दा बढी विद्यार्थी र २००,००० सदस्यहरूको साथ रहेको छ।

सिड फाइनान्सियल एकेडेमी डिल्लीबजार काठमाडौँमा अवस्थित नेपालको प्रख्यात, एसीसीए (ACCA)द्वारा गोल्ड स्वीकृति प्राप्त (Gold Approved) लर्निङ्ग प्रदायक संस्था र एसीसीएकाे एक लाइसेन्स प्राप्त CBE केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x