धितोपत्र बजारमा १४.८१ अङ्कको वृद्धि, नेप्से २०८०.८६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर २०८० दशमलव ८६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ९१ अङ्कले बढेर ३९८ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

आज कूल २७१ कम्पनीहरूका ९७ लाख १८ हजार ७५४ कित्ता शेयर रु. ३ अर्ब ०१ करोड ८४ लाख ६० हजार ५१२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोषको अङ्क अघिल्लो कारोबार दिन कै यथावत् रहेको छ । बैङ्किङ उपसमूह १३ दशमलव ६१ अङ्कले, विकास बैङ्क उपसमूह २१ दशमलव ३० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १०७.५० अङ्कले, जलविद्युत उपसमूह १८.५१ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ३० अङ्कले, जीवन बिमा उपसमूह ५८.१३ अङ्कले, निर्जीवन बिमा २४१.५७ अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव ०८ अङ्कले बढेका छन् । यता  वित्त उपसमूह १.३० अङ्कले घट्दा उत्पादन उपसमूह १०.३४ अङ्कले, लघुवित्त उपसमूह १३.५५ अङ्कले र अन्य उपसमूह शून्य दशमलव १८ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x