आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक



ज्ञानमाण्डू। आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको कम्पनीले जनाएकाे छ ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउनुहुनेछ ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x