
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयर धनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको मङ्गलवार बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पठाउने निर्णयसमेत गरेको छ। केन्द्रीय बैङ्कबाट स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण अनुमोदनका लागि संस्थाको आगामी आठौँ वार्षिक साधारण सभामा पेस गरिने जनाइएको छ।
नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
