मितेरी डेभलपमेन्ट बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले यही पौष २७ गते बुधबारकाे दिन १७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते देखी पौष २७ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान-१, सुनसरीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम बैङ्कको चुक्ता पुँजीको ०.६५ प्रतिशतले हुन आउने रकम रु. ५८ लाख ७२ हजार २८२ रुपैयाँ ४६ पैसा बराबरकाे नगद लाभांश र १२.३५ प्रतिशतले हुन आउने रकम रु. ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ ६७ पैसा बराबरकाे बोनस शेयर गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले यस बैङ्क र अन्य कुनै उपयुक्त बैङ्क तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउनको लागि चल अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नलाई मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान पनि सोही सभाले गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x