लुम्बिनी विकास बैकंको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

लुम्बिनी विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ०२ गते, शुक्रबारकाे दिन बसेको सञ्चालक समितिको ४३५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बराबरको बोनस शेयर र ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने लुम्बिनी विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा लुम्बिनी विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.६८४२ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x