समृद्धि फाइनान्सकाे ७ लाख ७२ हजार ६६६ कित्ता शेयर आज देखि लिलामीमा

 

ज्ञानमाण्डू। समृद्धि फाइनान्स कम्पनीको आवेदन नपरेका ७ लाख ७२ हजार ६६६ कित्ता शेयरहरू असार १ गते (आज) देखि असार ९ गते सम्म लिलामी प्रक्रियाबाट विक्री हुने भएका छन् ।

 

कम्पनीले १ बराबर ०.३९३६ को अनुपातमा हकप्रद शेयर चैत्र २५ गते देखि वैशाख १५ गतेसम्म बिक्री खुल्ला गरेकोमा सर्वसाधारण समूहतर्फ ४ लाख ४९ हजार ३२८ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो।

 

शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सङ्ख्याको लागी कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

 

इच्छुक आवेदकहरूले समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रीय कार्यालय हेटौडा-मकवानपुर, शाखा कार्यालय पुतलीसडक- काठमाडौँ, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही, बि.ओ.के. क्यापिटल मार्केट लि., नारायण चौर, नक्साल, काठमाडौँ र बैङ्क अफ काठमाण्डू लि.को शाखा कार्यालयहरू मेनरोड- विराटनगर, आदर्श नगर -वीरगन्ज, न्युरोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगन्ज, विरेन्द्रचौक वीरेन्द्रनगर सुर्खेत र मेनरोड चौराहा- धनगढी बाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन्।

 

सो कम्पनीको शेयरको सिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम मिति असार ९ गते सम्म रहेको कम्पनीले जनाएको छ भने शेयर विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x