सोल्टी होटेलको ३६.८४ प्रतिशत लाभांश घोषणा


सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई २० प्रतिशत बोनस सेयर र १६.८४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न होटेलले आफ्नो ५२औँ वार्षिक साधारण सभा आगामी पुस २१ गते बोलाएको छ। काठमाडौँको टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा बिहान १० बजेदेखि सभा सुरु हुनेछ।

साधारण सभाबाट लाभांश प्रस्ताव अनुमोदन भएपछि शेयर धनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि होटेलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मङ्सिर मसान्तसम्म शेयर धनी कायम रहेका लगानीकर्ताले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x