आज इक्रा नेपाल लिमिटेडले १० औँ वार्षिक साधारण सभा गर्दै

इक्रा नेपाल लिमिटेडले पौष २२ गते (आज) १० औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा एलाेफ्ट काठमाण्डाैँ, ठमेलमा दिउँसो २:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।

सभाले आ.व २०७८/०७९ को आर्थिक विवरण माथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १  करोड २० लाख रुपैयाँ बराबरको बोनस शेयर र ५२.१७३१६ प्रतिशतले हुन आउने ३ करोड १३ लाख ३ हजार ८९६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ७२.१७३१६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x