आन्तरिक राजस्व कार्यालय झापाद्वारा ४ अर्ब ९३ करोड भन्दा बढी राजस्व सङ्कलन


आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले कुल ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ८१ दशमलव ३१ प्रतिशत हासिल गरेको हो।

कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार कुल सङ्कलित राजस्वमध्ये आयकरबाट २ अर्ब ४१ करोड ६१ लाख ७ हजार रुपैयाँ प्राप्त भएको छ। त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख ५ हजार रुपैयाँ सङ्कलन भएको छ।

यसै गरी, भाडा आयकरबाट ५ करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज करबाट ९ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकबाट २ करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ।

आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्रमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x