
यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख ३० हजार ६३६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतका सेवामार्फत उक्त राजस्व उठेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षमा कार्यालयले विभिन्न शीर्षकबाट ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागको सफ्टवेयर निर्माण कार्यका कारण सेवा प्रवाह प्रभावित हुँदा राजस्व सङ्कलनमा कमी आएको कार्यालयको भनाइ छ।
गत आर्थिक वर्षमा कार्यालयमा २१ हजार २९४ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्। तीमध्ये १६ हजार ९५७ वटा मोटरसाइकल, १८७ वटा बस तथा ट्रक, एक हजार ९०२ वटा टेम्पो तथा विद्युतीय रिक्सा, एक हजार २२ वटा ट्र्याक्टर र २२६ वटा जिप तथा कार रहेका छन्।
यस अवधिमा नयाँ तथा वर्ग थपसहित १३ हजार ३३८ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको कार्यालयले जनाएको छ।
जनकपुरधाम यातायात कार्यालयद्वारा एक वर्षमा ५७ करोड भन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
