कुल वस्तु निर्यात २९.१ प्रतिशतले घट्यो, के हुन् नेपालले निर्यात गर्ने मुख्य वस्तुहरू ?



चालु आर्थिक वर्ष २०७९/८० को फाल्गुन सम्ममा कुल वस्तु निर्यात २९.१ प्रतिशतले घटी १ खर्ब ०४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ थियो ।


नेपालबाट निर्यात हुने प्रमुख वस्तु पाम तेल, चालु आर्थिक वर्षको फाल्गुन महिना सम्ममा १५ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३५ अर्ब ३३ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ प्रतिशतको गिरावट हो । पाम तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको १४.५ प्रतिशत अंश ओगटेको छ।

त्यस्तै सोयाबिन तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको ८ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको फाल्गुन महिना सम्ममा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.८ प्रतिशतले घटेको देखिन्छ।

नेपालले यस आर्थिक वर्षको फाल्गुन महिना सम्ममा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२ प्रतिशतले बढेको देखिन्छ।

पोलिस्टर धागोको निर्यातले नेपालको कुल वस्तु निर्यातको ६.४ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको फाल्गुन महिना सम्ममा ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढेको देखिन्छ।

नेपालले चालु आर्थिक वर्षको फाल्गुन महिना सम्ममा ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३ अर्ब २३ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.५ प्रतिशतले बढेको देखिन्छ।

नेपालबाट निर्यात हुने अन्य मुख्य वस्तुहरूमा जुट जन्य पर्दाथ, जिङ्क शिट, जुस, रेडिमेड गार्मेन्टहरू तथा चिया रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x