कामना सेवा विकास बैङ्ककाे नाफामा १६.९९% काे वृद्धि, प्रतिशेयर आम्दानी २३ रुपैयाँ १३ पैसा


कामना सेवा विकास बैङ्क लिमिटेडको नाफा १६.९९ प्रतिशतले बढेको छ । आ.व. २०८२/८३ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८३/८४ को पहिलाे त्रैमास सम्ममा बैङ्कले २३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कामना सेवा विकास बैङ्क लिमिटेडले ५६ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कामना सेवा विकास बैङ्कको सञ्चित मुनाफा १६ करोड रुपैयाँ रहेको छ।

कामना सेवा विकास बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १२.५३ प्रतिशतले बढेर १५ करोड २१ लाख रुपैयाँ रहेकाे छ भने  निष्क्रिय कर्जा अनुपात ३.९३ प्रतिशत कायम भएको छ ।

यता, बैङ्कको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४६९ रुपैयाँ ८० पैसाको आधारमा मूल्य आम्दानी अनुपात २०.३१ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x