
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.९४ अङ्कले बढेर २,६३०.७६ को विन्दुमा कायम भएको छ।
आज बजार बन्द हुँदासम्म कुल १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर रु. ५ अर्ब ७९ करोड ९३ लाख ३०,२०३.०१ मा खरिदबिक्री भएका छन्। आजको कारोबारमा १३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ वटा कम्पनीको घटेको छ, साथै ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
कारोबार भएका विभिन्न उपसमूहहरूमध्ये हाइड्रोपावर इन्डेक्स १.६५ प्रतिशतले, माइक्रोफाइनान्स इन्डेक्स ०.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.३८ प्रतिशतले र अन्य इन्डेक्स ०.०६ प्रतिशतले बढेका छन् भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहका सूचकहरूमा गिरावट आएको छ।
