
शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनै कम्पनीले असोज १३ गते बुक क्लोज गर्दै छन्।
त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयर धनीले सम्बन्धित कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैङ्कको साधारण सभा असोज २८ गते आयोजना हुँदै छ।
यस्तै, सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा असोज २५ गते बोलाइएको छ।
अरुण भ्याली हाइड्रोपावरले भने ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारण सभा असोज २७ गते आयोजना हुँदै छ।
तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
