
नेपाल एसबीआई बैङ्क लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैङ्कले हाल कायम चुक्ता पुँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।
कात्तिक २७ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैङ्कको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत हुन बाँकी छ। राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीलाई वितरण गरिने बैङ्कले जनाएको छ।
नेपाल एसबीआई बैङ्कले घोषणा गर्यो ८.२५ प्रतिशत लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
