नेपाल बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल बैङ्क लिमिटेडले यही पौष २९ गते शुक्रबारकाे दिन ६३ औँ  वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा बैङ्कको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैङ्कको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँ १३ पैसा बराबरकाे नगद लाभांश र २ प्रतिशतले हुन आउने रकम रु. २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँ ६३ पैसा बराबरकाे बोनस शेयर गरी जम्मा १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x