
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयर धनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाको बुधवार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसाको आधारमा कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशको कुल रकम ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा रहेको छ।
घोषित लाभांशमध्ये ११.९६३१ प्रतिशत अर्थात् ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर रहेको छ। त्यस्तै, १३.०३६९ प्रतिशत अर्थात् ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गरिनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयर धनीलाई वितरण गरिने संस्थाले जनाएको छ।
छिमेक लघुवित्तले घोषणा गर्यो २५ प्रतिशत लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
