सबैको लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ ११ गते, बुधवार अपराह्न ४:३० बजे बसेको सञ्चालक समितिको १२० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १८.९५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
 
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.९५ प्रतिशतले हुन आउने रकम रु. २५ लाख ५७ हजार ८९४ रुपैयाँ ७४ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
 
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ३१.०५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.६३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x