अपी पावरले घोषणा गर्‍यो ५.२६३२ प्रतिशत लाभांश


अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयर धनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको आधारमा कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत अर्थात् ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस सेयर रहेको छ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत अर्थात् १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गरिनेछ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेस गरिनेछ। साधारण सभाबाट पारित भएपछि शेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x