शिवम् सिमेन्ट्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल पौष ०३ गते, मङ्गलवार बसेको १२३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को मुनाफाबाट कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने रकम रु. ६२  करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने रकम रु. ३ करोड ३० लाख रुपैयाँ बराबरको नगद (कर प्रयोजनार्थ समेत) गरी जम्मा १५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने शिवम् सिमेन्ट्स लिमिटेडले जानकारी दिएको छ ।


Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x