
आर्थिक वर्ष २०८२/८३ मा सरकारी राजस्व परिचालन ५.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल सरकारी खर्च पनि ४.६ प्रतिशतले बढेर १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार समीक्षा अवधिमा चालु खर्च ९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। तर, विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित पुँजीगत खर्च भने १४.८ प्रतिशतले घटेर १ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ।
यसै गरी, २०८३ असार मसान्तसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो ऋण २६ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.१ प्रतिशत बराबर पुगेको छ।
सरकारी राजस्व ५.३ प्रतिशतले बढ्दा पुँजीगत खर्च १४.८ प्रतिशतले घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
