गार्डियन माइक्रो लाइफको स्थगित विशेष साधारण सभा मङ्सिर १२ गते


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको स्थगित विशेष साधारण सभा आगामी मङ्सिर १२ गते आयोजना हुने भएको छ।

कम्पनीले यसअघि मङ्सिर ३ गतेका लागि विशेष साधारण सभा बोलाएको थियो। तर, उक्त सभामा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो। अब स्थगित सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

सभाले संस्थापक शेयर धनी समूहबाट चार जना र सर्वसाधारण शेयर धनी समूहबाट एक जना गरी पाँच जना सञ्चालक निर्वाचित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ। त्यसैले कात्तिक २६ गतेसम्म शेयर धनी कायम रहेका लगानीकर्ताले मात्रै विशेष साधारण सभामा सहभागी हुन पाउनेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x