खुद ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्ज घट्दा प्रभु बैंकको नाफा बढ्यो



प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/84 को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद मुनाफामा सुधार ल्याएको छ। प्रकाशित विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको ठूलो गिरावटले बैंकको नाफा उकास्न मुख्य सहयोग पुर्याएको छ। गत वर्ष १ अर्ब रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्था यस वर्ष घटेर ५८ करोड ८६ लाख रुपैयाँमा झरेको छ। यद्यपि, बैंकको ब्याज आम्दानीमा भने केही संकुचन आएको छ। असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १९.३८ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ, गत वर्ष यसै अवधिमा यस्तो आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ थियो ।

बैंकको मुख्य वित्तीय परिसूचकहरूमा मिश्रित चित्र देखिएको छ। यस त्रैमासमा बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत वर्षको पहिलो त्रैमासमा ५.७८ प्रतिशत रहेकोमा बढेर १४.८० प्रतिशत पुगेको छ, यद्यपि २०८३ असार मसान्तमा यो १५.५५ प्रतिशत रहेको थियो। यसैगरी, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ३.८६ प्रतिशतबाट घटेर ३.१९ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.८३ प्रतिशतबाट झरेर ४.९३ प्रतिशतमा कायम भएको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ६५.०७ प्रतिशत रहेको छ।

नाफामा आएको वृद्धिसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ९.४९ रुपैयाँबाट बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x