नबिल बैंकको खुद नाफा २.५५ अर्ब, प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ रहेको नाफा यस वर्ष उल्लेख्य रूपमा वृद्धि भएको छ।

बैंकको व्यावसायिक कार्यसम्पादनमा आएको सुदृढीकरणले यसको वित्तीय स्थिति मजबुत बनाएको छ। गत वर्ष ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ, जसले कर्जा असुलीमा सुधार आएको र जोखिम घटेको संकेत गर्छ। यसैगरी, बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी पनि ९१ करोड ९४ लाख रुपैयाँ कायम भएको छ।

बैंकका प्रमुख वित्तीय सूचकहरू पनि सबल देखिएका छन्, जसअनुसार प्रतिशेयर आम्दानी (EPS) ३३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा र कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ। जोखिम व्यवस्थापनका आधारमा समीक्षा अवधिमा बैंकको कुल निक्षेप ६१९ अर्ब २३ करोड रुपैयाँ र कर्जा प्रवाह ४७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा (NPL) ४.०६ प्रतिशत र पुँजी कोष अनुपात ११.६७ प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x