
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आकर्षक लाभांशको प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको हालै सम्पन्न ४९४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणहरूलाई औपचारिक रूपमा स्वीकृत गर्दै प्रतिशेयर रू. १६ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकद्वारा प्रस्तावित यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् बैंकको आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।
