कालिका लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ ०६ गते, अपराहन्न ३:१५ बजे बसेको सञ्चालक समितिको २२१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम रु. ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ १६ पैसा बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने रकम रु. ३१ लाख २८ हजार ७५४ रुपैयाँ ११ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ) लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेकाे छ । आर्थिक वर्ष २०७७/७८ मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर मात्र लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x