नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जेठ २६ गते शुक्रवारका दिन नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा शुक्रवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ८ लाख ८० हजार ०१२.४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा शुक्रवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x