स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत्र ११ गते छैटौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र ०३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा चैत्र ०२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा डार्सिज इन्टरनेशनल हाेटल, बुटवल, रुपन्देहीमा अपराह्न ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने रकम रु. २ करोड ४३ लाख ५६ हजार ४३० रुपैयाँ बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने रकम रु. १२ लाख ८१ हजार ९१७ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x