
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ बाँडफाँड गरेको छ। बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यका ३० लाख कित्ता ऋणपत्र कात्तिक १६ गते बाँडफाँड गरेको जनाएको छ।
सात वर्ष अवधि रहेको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।
बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट वा सीडीएससीबाट सञ्चालित वेबसाइटमार्फत हेर्न सकिने बैङ्कले जनाएको छ।
