
युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो लाभांश प्रस्ताव सार्वजनिक गरेको छ। कम्पनीको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले शेयरधनीहरूका लागि आकर्षक नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ।
लाभांश वितरण तथा आगामी साधारणसभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ९ गतेदेखि मङ्सिर २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मङ्सिर ९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरू मात्रै कम्पनीको यो लाभांश पाउन योग्य हुनेछन्।
