धितोपत्र बजारमा ०.४१ अङ्कको गिरावट, नेप्से २१८३.२१ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनाे अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर २१८३ दशमलव २१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १० अङ्कले घटेर ४१३ दशमलव १४ को विन्दुमा पुगेको छ ।

 



आज कूल २५४ कम्पनीहरूका ७७ लाख ६४ हजार १५३ कित्ता शेयर रु. २ अर्ब ८६ करोड ८२ हजार ८३९ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूह मध्य बैङ्किङ उपसमूह ६ दशमलव ०६ अङ्कले, विकास बैङ्क उपसमूह २१ दशमलव ४३ अङ्कले, वित्त उपसमूह २५ दशमलव ५६ अङ्कले, उत्पादन उपसमूह १७.०९ अङ्कले, लघुवित्त उपसमूह १५.७२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०५ अङ्कले र अन्य उपसमूह १३.३७ अङ्कले  घटेका छन्। यता, होटेल तथा पर्यटन उपसमूह २५ दशमलव ९९ अङ्कले बढ्दा जलविद्युत उपसमूह २२.२२ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ०५ अङ्कले, जीवन बिमा उपसमूह १३१.४७ अङ्कले, निर्जीवन बिमा १३९.०९ अङ्कले र ट्रेडिङ उपसमूह ३.८३ अङ्कले  बढेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x