यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २ दशमलव २७ अङ्कले घटेर १८८९ दशमलव ७३ को विन्दुमा कायम भएको छ।। आज कूल २६९ कम्पनीहरूका २१ लाख ७४ हजार ९१४ कित्ता शेयर रु. ७३ करोड ९६ लाख ५० हजार २४७ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा एभरेष्ट बैङ्क लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड ७६ लाख ९१ हजार ४१९ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नबिल बैङ्क लिमिटेडको शेयर रु ३ करोड २७ लाख ०६ हजार १७० बराबरको शेयर कारोबार भएको छ।

यता,शिवम् सिमेन्ट लिमिटेडको ३ करोड ०१ लाख ३७ हजार ४६३ कारोबार हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क लिमिटेडको रु २ करोड ९८ लाख ६१ हजार १६५ र तारागाउँ रिजेन्सी होटल लिमिटेडको २ करोड ९३ लाख २२ हजार ०२० बराबरको शेयर कारोबार भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x