बिन्ध्यवासीनी हाईड्राेपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिन्ध्यवासीनी हाईड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही पौष २२ गते शुक्रबारकाे दिन छैटौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १३ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १२ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७८/०७९ वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने छ भने आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनी चुक्ता पुँजीको ०.०२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि मात्र) र ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x