ओम मेगाश्रीको सेयर दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा सूचीकृत


ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराएको छ। नेप्से र कम्पनीबिच बुधवार सम्झौता सम्पन्न भएपछि अब कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता सेयर सूचीकृत गराएको हो, जसमा सर्वसाधारणले प्राप्त गरेका १८ लाख कित्ता र संस्थापक लगानीकर्ताका ४२ लाख कित्ता सेयर समावेश छन्।

नेप्सेले प्रारम्भिक कारोबार मूल्य रेन्ज ९० रुपैयाँ १७ पैसा देखि २७० रुपैयाँ ५१ पैसासम्म निर्धारण गरेको छ। यसअघि कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सूचीकरण प्रक्रिया सम्पन्न भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x