धितोपत्र बजारमा ५६.९४ अङ्कको वृद्धि, नेप्से २१८६.३६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव ९४ अङ्कले बढेर २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले बढेर ४१२ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

आज कूल २७५ कम्पनीहरूका १ करोड ३१ लाख ०७ हजार ०८० कित्ता शेयर रु. ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ४८ दशमलव २५ अङ्कले, विकास बैङ्क उपसमूह ५३ दशमलव ७० अङ्कले, वित्त उपसमूह ८३.०० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६०.३९ अङ्कले, जलविद्युत उपसमूह ३९.७४ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ०५ अङ्कले, जीवन बिमा उपसमूह ९४.६८ अङ्कले, लघुवित्त उपसमूह ३५३.७० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २४ अङ्कले र अन्य उपसमूह ३१.३० अङ्कले बढेका छन् । यता उत्पादन उपसमूह ९.९९ अङ्कले घट्दा निर्जीवन बिमा १४.९७ अङ्कले र ट्रेडिङ उपसमूह १७.९९ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x