साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा २६.३६ अङ्कको गिरावट



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घटेर २०२२ दशमलव ९२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव १६ अङ्कले घटेर ३७३ दशमलव ०० को विन्दुमा पुगेको छ ।

आज कूल ३०४ कम्पनीहरूका १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर रु. ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य जलविद्युत उपसमूह २५ दशमलव १६ अङ्कले बढेको छ । यता, बैङ्किङ उपसमूह २१ दशमलव ३३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ४६ दशमलव २९ अङ्कले, वित्त उपसमूह २४ दशमलव २१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ७३.७० अङ्कले, लगानी उपसमूह उपसमूह १.५७ अङ्कले, जीवन बिमा उपसमूह २५९.६८ अङ्कले, उत्पादन उपसमूह ९८.२७ अङ्कले, लघुवित्त उपसमूह १६.३३ अङ्कले अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव शून्य अङ्कले, निर्जीवन बिमा १८६.४० अङ्कले, अन्य उपसमूह २८.२३ अङ्कले र ट्रेडिङ उपसमूह ६२.७८ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x