सालपा विकास बैङ्क लिमिटेडले पुस १६ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैङ्कको आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ।
बैङ्कले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आइपिओ बाँडफाँटपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ खुला गरेको हो।
बैङ्कले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ। साथै, ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ।
दोस्रो चरणमा बैङ्कले २६ हजार ११९ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ लाख ३९ हजार १७९ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आज सालपा विकास बैङ्कको आइपिओमा आवेदन दिने अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
