सामसङ नेपालले एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि दशैं–तिहार लक्षित विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एनसेलका ग्राहकले छनोट गरिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन खरिद गर्दा ३१ प्रतिशतसम्मको छुट सुविधा पाउनेछन्।
कम्पनीका अनुसार सामसङको जारी चाडपर्व अफरमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। सामसङको ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा!’ अभियानसँग जोडिएको यस सहकार्यले योग्य मोडेलमा ग्राहकलाई थप छुटको सुविधा उपलब्ध गराउनेछ।
अफरको लाभ लिन ग्राहकले एनसेल एपको ‘Partnered Services’ सेक्सनमा गएर आफूले पाउने छुटबारे जानकारी लिन सक्नेछन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा ग्राहकलाई लागू हुने छुट निर्धारण गरिनेछ। त्यसपछि एपबाट अफर कोड लिएर सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको उपकरण खरिद गर्न सकिनेछ।
नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकले टोल-फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्नेछन्।
यो अफर सन् २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ। अफरमा कम्पनीका सर्त तथा नियमहरू लागू हुनेछन्।
सामसङ र एनसेलको सहकार्यमा घरेलु उपकरणमा ३१ प्रतिशत सम्म छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
