८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ता भए करोडौँको अफरमा सहभागी, ५ जनाले पाए पल्सर N160
खल्तीको वार्षिक अफर, “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१, २०८० मा सफलतापूर्वक सम्पन्न भएको छ।
सो करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ ओटा पल्सर N160, २ ओटा iPhone 14, OnePlus 11, Diamond Ring तथा अन्य उपहारहरू समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेको सो कम्पनीले बताएको छ र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाचहरू, ३० वटा इयरबडहरू,५०० चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरेको थियो।
पाँच वटा पल्सर बाइकका विजेताहरू यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको सो कम्पनीले बताएको छ जसका विजेताहरू बिटु साह कल्वार (राउन्ड १), प्रदिप धिताल (राउन्ड २), लक्ष्मण डेली स्टोर (राउन्ड ३), नरेन्द्र महर्जन (राउन्ड ४) र निहाल आयुर्वेदिक फार्मा (बोनस राउन्ड) रहेको सो कम्पनीले जानकारी दिएको छ। अन्तिम लाइभमा २ वटा पल्सर N160-( राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहार जस्तै iPhone 14, OnePlus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा भएका सो कम्पनीले बताएको छ। यसैबिच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तै स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको सोही कम्पनीले जानकारी दिएको छ ।
३ वटा पल्सर बाइकका विजेताहरू सो अफरमा पहिले नै फेसबुक लाइभ मार्फत घोषणा भइसकेको सोही कम्पनीले जानकारी दिएको छ र अब अन्तिम लाइभ श्रावण ५ गते हुने पनि सो कम्पनीले जानकारी दिएको छ । सो विजेता छनोटमा, २ वटा पल्सर N160-( राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहार जस्तै iPhone 14, OnePlus 11, र Diamond Ring का भाग्यशाली विजेता घोषणा गर्ने सो कम्पनीले जानकारी दिएको छ । यसैबिच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तै स्क्र्याच कार्ड मार्फत रु. २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत रु. ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको सोही कम्पनीले जानकारी दिएको छ ।
सो अफरको सफलताको बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय  खड्का भन्नुहुन्छ ,“यस अफरको सुरुवातमा प्रत्येक प्रयोगकर्तालाई कुनै पनि भुक्तानी गर्ने अतुलनीय फाइदाहरूका साथ डिजिटल रूपमा कारोबार गर्न प्रोत्साहित गर्ने भनी अपेक्षा गरिएको थियो। यो अफरलाई नेपालको भुक्तानी उद्योगमा उत्कृष्ट सफलता दिन मदत गर्नुभएका हाम्रा साझेदारहरूप्रति हामी आभारी छौँ। हाम्रा प्रयोगकर्ता, एजेन्ट, मर्चेन्ट, मिडिया, ब्रान्ड पार्टनरहरू, बैङ्क तथा इन्सुरेन्सहरु, नियामकहरू  र अन्य साझेदारहरूको साथ बिना यो अफरको सफलता सम्भव थिएन।”
आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमाञ्चक अफर र पुरस्कारहरू आफ्ना प्रयोगकर्ता माझ ल्याउने बताएको छ।
 
खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    