
रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म कम्पनीले २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ८५ लाख रुपैयाँ थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको हो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको जीवन बीमा कोष ३५.३१ प्रतिशतले बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको थियो। यस अवधिमा कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.८५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७ रुपैयाँ ६३ पैसा कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस १९ रुपैयाँ ९० पैसा थियो। कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २६.०३ गुणा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा रहेको छ।
