सिटिजन्स बैङ्क र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबिच समझदारी

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेड दरबारमार्ग,काठमाडौँ बिच बैङ्कका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैङ्कका कार्डवाहक तथा मोबाइल बैङ्किङ प्रयोगकर्ताले दरबारमार्ग स्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडमा उपलब्ध Drinks and Beverages मा ७ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ ग्राहकलाई प्रोत्साहित गर्ने विश्वास बैङ्कले लिएको छ । डिजिटल बैङ्किङ माध्यमको प्रयोग बढाउन तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैङ्कले समयमयमा विभिन्न सुविधाहरू सञ्चालन गर्दै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैङ्कको वेबसाइटबाट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x