एभरेष्ट बैङ्क लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबिच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तर्देशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । सो सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूस्आर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।
चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इसुइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । एनसीएचएलले अलिपेसँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्कबिच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ ।
यस पहल अनुरूप अब एभरेष्ट बैङ्क सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो । नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपालक्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्युआर एक स्वतन्त्र क्युआर स्किमको रूपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तर आबद्धता कायम गर्न स्थापना भएको पूर्वाधार हो ।
हाल नेपाल पे क्युआर को नेटवर्क मा ८५०,००० भन्दा बढी मर्चेन्टहरु आबद्ध रहेका छन् ।
 
एभरेष्ट बैङ्क र एनसीएचएल बिच सम्झौता
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            