शिक्षा हवका रूपमा नबिल बैङ्कको २५६ औँ शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण गर्ने

नबिल बैङ्क लिमिटेडले आफ्नो २५६ औँ बैङ्किङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैङ्किङ संस्थाको रूपमा रहेको नबिल बैङ्कले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो । शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रवारबाटै सञ्चालनमा ल्याएको हो ।

शाखा उद्घाटन नबिल बैङ्कका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रूपमा रिबन काटी गर्नुभएको थिए । उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रूपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरूलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

शैक्षिक कर्जा लगायत चाहिने अरू सम्पूर्ण बैङ्किङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ सो शाखा उद्घाटन गरेको सिइओ ढुङ्गानाले बताउनुभयो । उहाँले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरेको जनाउनुभयो । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैङ्किङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैङ्क प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । 

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरूलाई सरल बैङ्किङ सेवा प्रदान गर्न सधैँ तत्पर रहने बताउनुभयो ।

उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति रहेको थियो । नबिल बैङ्कलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरूले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैङ्किङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताउनुभयो ।

नियमित बैङ्किङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैङ्कको छ । शिक्षा हबका रूपमा रहेको नबिल बैङ्कको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युसन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरेको छ । त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सक्ने सो बैङ्कले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x