नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैङ्कमा कार्यरत कर्मचारीहरूलाई काठमाडौँको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.ले उत्पादन र बिक्री गर्ने गरेको "ब्ल्याक हर्स" ब्राण्डका विभिन्न किसिमका जुत्ताहरूको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैङ्कमा कार्यरत कर्मचारीहरूले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरू देशभर रहेका विक्रेताहरूबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।
नेपाल बैङ्क र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि. बिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
