मेगा बैङ्कद्वारा कृषि व्यवसाय प्रवर्द्धन गर्न किन्निहो प्रालिसँग सम्झौता

मेगा बैङ्क नेपाल लिमिटेडले साना किसानहरूको कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि डिजिटल बैङ्किङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

काठमाडौँको कमलादीस्थित मेगा बैङ्कको कर्पोरेट कार्यालयमा मेगा बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत तुलसीराम पोखरेल र किन्निहोका अध्यक्ष विज्ञान घिमिरेबाट सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएकाे हाे । किन्निहोसँगको सम्झौतापछि मेगा बैङ्कले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरूलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि किन्निहोको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरूलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेष गरी बैङ्कको गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा रहेका बैङ्कका शाखामार्फत छिटो छरितो ढङ्गले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किन्निहोका प्रमुख घिमिरेले मेगा बैङ्कले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैङ्कसँग सहकार्य गरेको बताउनुभयो ।


किन्निहोसँगको सम्झौता अन्तर्गत मेगा बैङ्कले प्रवर्द्धन गर्दै आएको डिजिटल बैङ्किङ उपकरण ‘मेगा किसान कार्ड’मार्फत गण्डकी र लुम्बिनी प्रदेशका कृषकहरूलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको साे बैङ्कले जनाएकाे छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x