ग्लोबल आइएमई बैङ्कको नाफामा ६.५० प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?


ग्लोबल आइएमई बैङ्कको नाफा ६.५० प्रतिशतले बढेको छ । आ.व. २०८२/८३ को दोस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले पुस मसान्तसम्ममा ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । त्यस्तै, बैङ्कको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ  भने ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेर ८० अर्ब २ करोड रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.७४ प्रतिशतले बढेको छ । समीक्षा अवधि सम्ममा बैङ्कको वितरणयोग्य मुनाफा भने २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत रहेको छ । त्यस्तै, बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा र पछिल्लो कारोबार मूल्य रु २२८.५० को आधारमा मूल्य आम्दानी अनुपात १३.३९ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x