सन्राइज बैङ्कद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरू गर्ने क्रममा सन्राइज बैङ्कले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर (Water purifier) प्रदान गरेको जानकारी दिएको छ । ज्येष्ठ ४ गते बिहीबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युुरिफायर  बैकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो ।

सुख्खड क्षेत्रमा शुद्ध पिउने पानीको अभाव रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रूपमा पठनपाठन गर्न मदत पुर्‍याउने क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटाले बताउनुभयो । बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएको छ । यसै हप्ता सन्राइज बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्वर्य विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्ट्यान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x