
लुम्बिनी विकास बैङ्क लिमिटेडले ६० हजार ७०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैङ्कका संस्थापक शेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि बैङ्कले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
बैङ्कले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीलाई मात्रै शेयर खरिदको अवसर दिएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैङ्कको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति तथा संस्थालाई समेत शेयर बिक्री गरिने बैङ्कले जनाएको छ।
लुम्बिनी विकास बैंकको ६० हजार ७०९ कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
