
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बोनस सेयर समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम गरेको छ। अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ३३२ रुपैयाँका आधारमा समायोजन गरिएको हो।
अब यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
